समाज

रामेछापका व्यवसायीले निकाले अर्धनग्न जुलुस, पाँच फोटो
SHARES

असार ४, २०७५

    सुमित श्रेष्ठ-

    रामेछाप : विपी राजमार्ग हुँदै रामेछाप प्रवेश गर्ने ढुवानीको साधनमा लगाइएको सिन्डीकेटको विरुद्धमा रामेछापका व्यवसायिले अर्धनग्न जुलुस प्रदर्शन गरेका छन्।

    रामेछापमा ठूला ढुवानी तथा सवारीका साधन सञ्चालन गर्न पाउँनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका रामेछापका व्यवसायी तथा स्थानीय उपभोक्ताले आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार सोमबार अर्धनग्न जुलुस निकालेका हुन्।

    अर्धनग्न भएर जुलुसमा निस्किएका ब्यवसायीहरुले नाङ्गो शरीरमा, सर्वोच्चको अन्तरिम आदेश खारेज गर, भोक लाग्यो सरकार खान दे, जनतालाई गरिखान दे, जस्ता नारा लेखेका थिए। मन्थली बजारस्थित मदनभण्डारी चोकबाट निस्किएको जुलुस, विपीचोक, देवकोटाचोक, बसपार्क, आकाशे हुँदै बजार परिक्रमा गरेर पुनः देवकोटाचोकमा आएर टुङ्गिएको थियो।

    एक महिनादेखि ढुवानी ठप्प हुँदा रामेछापमा खाद्यन्न तथा निर्माण सामाग्रीको हाहाकार भएको छ। जसको कारण पुनः निर्माणको काम समेत पूर्ण रुपमा प्रभावित भएको छ।  

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]