|

धनगढी : कैलालीको गोदावरी नगरपालिका–३ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको। अर्का एकजना घाइते भएका छन्। करेन्ट लागेर गोदावरी नगरपालिका–८ का ३२ वर्षीय प्रयाग चौधरीको मृत्यु  भएको छ भने सोही नगरपालिका–४ खैराला ३० वर्षीय मंगल चौधरी घाइते भएका छन्।

गोदावरी नगरपालिका–३  पुरानो मालाखेती बजार जाने बाटोनजिकै रहेको विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने बेला सोमबार दिउँसो करिब १ बजे करेन्ट लागेको दुवैजना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरि ओलीले बताए।

दुवैजनालाई घटनास्थलबाट उपचारका लागि अत्तरियास्थित पद्ममा अस्पताल पुर्‍याइएको थियो। पद्मा अस्पतालमा उचार हुन नसकेपछि थप उपचारका लागी रेफर गरी सेती अञ्चल अस्पतालमा प्रयाग चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते मंगल चौधरीलाई थप उपचारको लागि अत्तरिया पद्मा अस्पतालबाट कोहलपुर लगिएको छ। दुवैजना विद्युतको  प्राइभेट कम्पनी वीरभद्र बिजुली सेवा अत्तरियामा कार्यरत कर्मचारी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.