|

बाँके : कालोबजारी नियन्त्रण गर्न संयुक्त अनुगमन समितिले अनुगमनलाई तीव्र पारेको छ। बजारका विभिन्न ठाउँका पसलमा कालोबजारी हुने गरेको गुनासो आएपछि नियन्त्रणमा लागि समितिले अनुगमनलाई तीव्र पारेको हो। 

अनुगमनका क्रममा मापदण्डभन्दा कम पेट्रोलियम पदार्थ बिक्री गरेको फेला परेपछि समितिले सोमबार जयसपुरमा रहेको बागेश्वरी पेट्रोल पम्पमा सिल गरेको छ। ग्राहकलाई कम परिमाणमा पेट्रोलियम पदार्थ बिक्री गरेको फेला परेपछि पम्प सिल गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत खगेन्द्र पौडेलले बताए। ‘मापदण्डभन्दा कम पेट्रोलियम पदार्थ दिएर ग्राहक ठगिरहेको फेला परेपछि पेट्रोल पम्प सिल गरिएको छ’, उनले भने। 

जिल्ला प्रशासन कार्यालय, आयल निगम, नाप तौल तथा गुणस्तर कार्यालय सम्मिलित अनुगमन टोलीले जाँचबुझ गर्दा उक्त पेट्रोल पम्पले प्रति १० लिटरमा ४० एमएल तेल कम दिने गरेको फेला परेको उनले बताए। पम्प सिल गरी फर्किएको टोलीले आवश्यक अनुसन्धान अगाडि बढाउने बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.