|

काठमाडौं : गायक युवराज चौलागाई‌ंको स्वर रहेको नयाँ गीत रिलिज भएको छ। गायक युवराजकै युट्युब च्यानलमार्फत उनको ‘किराना पसल’ बोलको गीत रिलिज गरिएको हो। सार्वजनिक उक्त गीतमा क्षितिज सापकोटाको शब्द तथा संगीत रहेको छ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायक युवराज र अनुश्का पाठकको अभिनय रहेको छ। भिडियोमा विनोद पौडेल, असिना थपलिया, राज न्यौपानेलाई पनि देख्न सकिन्छ।

राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन रहेको छ। भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। कृष्ण महर्जनको मिक्सिङ रहेको गीतलाई राजन इशानले एरेन्ज गरेका छन्।

हेर्नुहोस् गीत :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.