|

काठमाडौं : सोमबार साँझ निधन भएका वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको दाहसंस्कार मंगलबार गरिने भएको छ। नेशनल इन्स्टिच्युट अफ नयूरोलोजिकल एण्ड एलाइड साइन्सेसले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार देवकोटाको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म नयूरो अस्पतालमा राखिनेछ।

त्यसपछि उनको शवलाई नारायण गोपाल चोक हुँदै पशुपति आर्यघाट लगेर विद्युतीय माध्यमबाट शवदाह गरिने बताइएको छ। हेपाली हाइटमा रहेको देवकोटाको घरमा श्रीमती डा. मधु दीक्षित देवकोटा र छोरीहरू मेघा, वसुधा र मञ्जरीले सात दिनसम्म देवकोटाको काजकिरिया गर्ने पनि विज्ञप्तिमा उल्लेख छ।

अहिले अस्पताल परिसरमा आफन्त र शुभचिन्तकको भीड लागेको छ। विभिन्न राजनीतिक दलका नेता तथा अन्य विशिष्ट व्यक्तिहरू न्यूरो अस्पताल जाने क्रम बढिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.