|

नवलपरासी : बर्दघाट सुस्ता पश्चिम जिल्लाको बर्दघाट त्रिवेणी सडक खण्डअन्तर्गत बर्दघाट नगरपालिका ७ जिमिरे भारमा पिकअप भ्यान र मोटरसाइकल एकआपसमा ठोकिंदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्। उत्तरबाट दक्षिण जाँदै गरेको लु २२ प ३१९६ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु १ च ५५८४ नम्बरको पिकअप भ्यान एक आपसमा ठोकिएको हो। 

दुर्घटनामा परी मोटरसाइकल सवार बर्दघाट ६ का मनोज चौधरीको मृत्यु भएको छ भने गम्भीर घाइते भएका बर्दघाट ६ कै सिसम चौधरी र सुदीप चौधरीलाई उपचारका लागि भरतपुर मेडिकल कलेज चितवन लगिएको अस्थाई प्रहरी ट्राफिक पोष्ट बर्दघाटका इञ्चार्ज प्रहरी नायव निरीक्षक ज्ञानप्रसाद ज्ञवालीले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.