|

हेटौँडा : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार साँझ हेटौँडामा सम्पन्न भएको छ। कांग्रस जिल्ला पार्टी कार्यालयमा बसेको बैठकमा महामन्त्री शशांक कोइरालाले जिल्ला सभापतिहरूको राष्ट्रिय भेलाका लागि पठाइएको सर्कुलरबारे जिल्ला भएका भएका छलफलको सार प्रस्तुत प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी थिए। 

बैठकमा कोइरालाले जिल्लामा पठाइएको सर्कुलर अुनसार समसामयिक सन्दर्भमा राजनीतिक,सामाजिक र आर्थिक मुद्दासम्बन्धी पार्टीले राख्नुपर्ने दृष्टिकोण, बदलिदो चुनौतिलाई सामना गर्न सक्ने गरी पार्टी संगठन सुदृढीकरणको रणनीति र बदलिंदो राज्य संरचना अनुसार पार्टीको विधानको खाका बारेमा सभापतिहरूले राय सुझाव दिने अवगत गराएका थिए। त्यसैगरी, नेपाली कांग्रेस मकवानपुरका सभापति एवं स्थानीय संयोजन समिति संयोजक ईन्द्रबहादुर बानियाँले तयारीबारे जानकारी दिएका थिए। 

बैठकले डा. उपेन्द्र देवकोटाको निधनप्रति मौनधारणसहित शोक व्यक्त गरेको प्रवक्ता शर्माको भनाई छ। मंगलबारदेखि सुरु हुने जिल्ला सभापतिहरूको भेलाले पार्टीलाई नयाँ उर्जा प्रदान गर्ने शर्माको भनाई छ। जिल्ला सभापतिहरूको भेला निर्णायक भूमिका राख्ने भेला नभए पनि यसबाट महत्वपूर्ण सुझाव प्राप्त हुने उनको भनाई छ। बैठकमा निर्वाचनमा भएको हार, विधानमा गर्नुपर्ने परिमार्जन, समयसामयिक मुद्दा जस्ता सबै खाले विषयमा छलफल हुने र असार ७ गते निष्कर्षसहित बैठक टुंगिने उनको भनाई छ। 

पछिल्लो २५ वर्षमा उपत्यका बाहिर बैठक बसेको यो पहिलो पटक भएको जनाइएको छ। मंगलबारदेखि हुने ३ दिने राष्ट्रिय भेलामा ७७ जिल्लाका सभापति र केन्द्रीय कार्यसमिति गरी ३०० जना प्रतिनिधिहरू सहभागी हुने भेला आयोजक स्थानीय समितिका संयोजक बानियाँले जानकारी दिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.