काठमाडौं : हाम्रो पात्रो प्रयोगकर्ताहरूका लागि हाम्रो पात्रोले एप स्टोरमा नयाँ एप 'Football World 2018' सार्वजनिक गरेको छ। यो एपमा ह...

विश्वकप फुटवल प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो खेलमा स्वीडेन विजयी भएको छ।
खेल सुरु भएको ६४ औँ मिनेटमा स्वीडेनका एन्ड्रेस ग्रान्क्वीष्टले पेनाल्टी मार्फत् गोल गरेका थिए। त्यही गोल नै स्विडेनको जीतका लागि निर्णायक हुनपुग्यो। गोल गरेपछि रक्षात्मक खेल खेलेको स्वीडेनले दक्षिण कोरियालाई गोल गर्ने अवसरबाट रोक्न सफल भयो।
कोरियाली खेलाडीहरूले पटक पटक पाएको निकै राम्रा मौकाहरूलाई उपयोग गर्न असफल रहे। अन्ततः स्वीडेनले आफ्ना समर्थकहरूलाई खुशी पार्न सक्षम भयो। खेलमा दुवै देशका खेलाडीहरूले निकै मिहिनेत गरेका थिए।
रुसको निज्नी नोभोगोरोट रंगशालामा नेपाली समय अनुसार बेलुका पौने छ बजेदेखि खेल सुरु भएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।