|
विजयी गोल गरेपछि खुसीयाली मनाउँदै ह्यारी र स्तब्ध ट्युनिसियाका खेलाडी सेतो जर्सीमा।

इङल्यान्डका अधिकांश खेलाडी यसपालिको रुस विश्वकपमा नयाँ छन्। उनीहरूले विश्वकपमा मंगलबार बिहान सकिएको ट्युनिसिया विरुद्धको खेलबाट डेब्यू गरे। खेलाडीहरू नयाँ भएकाले अधिकांशले इङल्यान्डको खेल कस्तो हुन्छ भनेर चासो राख्नेहरू विश्वभर थिए। 

यसरी चासो र आशंका राख्नेहरूलाई इङल्यान्डको युवा टिमले जवाफ दिएको छ। ग्रुप जी को इङल्यान्डले  ट्युनिसियालाई १ का विरुद्ध २ गोलले पराजित गरेको छ। इङल्यान्डका लागि दुवै गोल ह्यारी केनले गरेका हुन्। ११ मिनेटमा गोल गरेर इङल्यान्डलाई अग्रता दिलाएका थिए २४ वर्षे ह्यारीले। जसको जवाफ ट्युनिसियाले ३५ औँ मिनेटमा पेनाल्टी मार्फत दिएर बराबरी गरेको थियो। ट्युनिसियाले पाएको पेनाल्टीमा पाएको बललाई जाली चुमाएका थिए फेरजानी सासीले। त्यसपछि खेलको निर्धारित समय ९० मिनेटसम्म खेल बराबरीमै रोक्न सफल भयो ट्युनिसिया। 

जब इन्जुरी समय थपियो त्यसको पहिलो मिनेटमा ह्यारीले सुन्दर रुपमा बललाई ट्युनिसियाको पोष्टमा चुमाए। उनले कर्नरबाट आएको बललाई गोलमा परिणत गरेका थिए। त्यसको जवाफ दिन ट्युनिसियासँग समय नै थिएन र ह्यारी चम्किएको इङल्यान्ड विजयी भयो।

खेलको म्यान अफ द म्याच पनि ह्यारी नै भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.