|
फाइल फाेटाे

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको छ दिने औपचारिक भ्रमणका जाँदैछन्। प्रधानमन्त्रीको टोली बिहान ९ बजे हिमालय एयरलाइन्सको विमानबाट चीनको राजधानी बेइजिङ जानेछ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिन पिङ, प्रधानमन्त्री ली खछ्याङ, उद्यमी, व्यवसायीहरुसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले सोमबार सार्वजनिक गरेको भ्रमण कार्यक्रममा उल्लेख छ।

चीनको औपचारि निमन्त्रणाामा चीन जान लागेको प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिसँग करिब ४० मिनेट भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओली असार १० गते स्वदेश फर्किने छन्।

प्रधानमन्त्रीको चीन भ्रमण : पुराना सम्झौता कार्यान्वयनमा जोड, नयाँमा हस्ताक्षर

प्रधानमन्त्रीको चीन भ्रमणमा अटाएका ११६ पात्र

    सम्वन्धित समाचार

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.