|

काठमाडौं : काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले नीलो स्टिकर पाएका ट्यांकरको पानी पिउन योग्य रहेको जनाएको छ।

काठमाडौं उपत्यकामा नीलो स्टिकर पाउने १४ वटा ट्यांकर मात्रै रहेको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशन गरेको छ। वर्षा याममा खानेपानीका स्रोतबाट आउने पानी धमिलो हुने गरेकाले कतिपय उपभोक्ताले ट्यांकरको पानी पिउन प्रयोग गरिरहेको जानकारी प्राप्त भएकाले समेत सचेत हुन बोर्डले आह्वान गरेको बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले बताए।

ट्यांकरको गुणस्तरीयता जाँच र मूल्य निर्धारणका लागि बोर्डको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको थियो। समितिमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रतिनिधि सदस्य छन्। समिति गठन भएपछि ५५१ वटा ट्यांकरलाई स्टिकर बाँडिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.