|

चितवन : चितवनको नारायणगढ मुग्लिक सडक खण्ड अन्तरगत घुमाउने भन्ने स्थानमा तिब्र गतिका कारण एउटा पिकअप भ्यान दुर्घटना भएको छ। 

भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित घुमाउनेमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ च १३२२ नम्बर पिकअप भ्यान दुर्घटना हुँदा चालक गम्भिर घाईते भएका छन्।

सोमबार साँझ भएको उक्त दुर्घटनामा परी पुर्वी नवलपरासी देवचुली नगरपालिका १६ का ५० वर्षिय टिकाराम पौडेल गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  पौडेलको अहिले कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पतालमा उपचार भैरहेको छ। उक्त भ्यान सडकबाट करिव १५० मिटर तल त्रिशुली नदी किनारमा पुगेको प्रहरीले जानकारी दिएको छ। 

यसअघि गएको आइतबाट एउटा मोटरसाइकल तिबगतिका कारण सोही सडकको तीन नम्बर पुलमा ठोक्किंदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको थियो। नारायणगढ मुग्लिन खण्डमा सडक चौडापारी कालोपत्रे भएपछि सवारीको गति तिब्र बनेको छ। तिब्रगतिले दुर्घटना बढेको भन्दै प्रहरीले गति मापन यन्त्र ‘राडर गन’को प्रयोग गरी यस्ता चालकलाई कारवाही शुरु गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.