|

पर्वत : वडामा वितरण गर्न लैजाँदै गर्दा बाटो बाटै हराएको २३ लाख रुपैयाँ कर्मचारीहरुले नै बैंकमा जम्मा गरेका छन्। 

पैसा लैजाने क्रममासँगै रहेका ५ जना कर्मचारीहरु बिहादी गाउँपालिकाका लेखा अधिकृत गोबिन्द भट्टराई, २ बर्राचौरका सचिव लिलाधर पराजुली,  ४ वहाकीका वडा सचिव ईश्वरी न्यौपाने,  ५ उरामका वडा सचिव कृष्ण भुसाल र  ६ शालिग्रामका वडा सचिव सुनकुमारी भट्टराईले नेपाल बैंक लिमिटेड कुश्मा शाखामा सोमबार जम्मा गरेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए। गायव भएको रकम असुल भएको भएपनि अन्य कारवाही र अनुसन्धानको प्रक्रिया चलिरहेको बताउँदै प्रमुख जिल्ला अधिकारी ढकालले भने, ‘उनीहरुलाई विभागीय कारवाहीको लागि गाउँपालिकामा पठाइएको छ भने त्यसको जानकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि दिइएको छ।’

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप घिमिरेले गाडीका चालकलाई भने तारेखमा छाडिएको बताए। सदरमुकाम कुश्माको नेपाल बैंक लिमिटेडको शाखाबाट जिल्लाको बिहादी गाउँपालिकाको  ६ शालिग्रामका लागि कुश्माबाट वडा सचिवहरुले लिएर जाँदै गरेको पैसा गएको शनिबार बीच बाटोमै हराएको थियो।  

बिहादी गाउँपालिकाका लेखा अधिकृत गोबिन्द भट्टराईसहितका ५ जना कर्मचारीले शुक्रबार रकम झिकेर कुश्माकै एक होटलमा बास बसेका थिए भने शनिवार बिहादी फर्कने बेला स्याङ्गजा पुगेपछि रकम हराएको पत्ता पाएका थिए। रिर्जभ गरेको गाडीमा छुट्टाछुट्टै झोलामा वडाको रकम राखेकोमा  ६ शालिग्रामको सामाजिक सुरक्षा अनुदान राखिएको झोला भने गायब भएको थियो। स्याङजाको वयरघारीमा गाडी बिग्रिएपछि झोलाहरु जाँच हेर्ने क्रममा झोला गायब भएको भेटिएको कर्मचारीले प्रहरीसँग बयान दिएका छन। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.