|

सोलुखुम्बु :  वडा अध्यक्षमाथि हातपात गर्ने महिला विरुद्ध सार्वजानिक मुद्दा दर्ता गरिएको छ। जिल्लाको थुलुङदुधकोशी गाउँपालिका नौका वडा अध्यक्ष भुपालसिं राईमाथि हातपात गरेको आरोपमा ३५ बर्षकी लेखापढि व्यवसायी समेत रहेकी निरकुमारी राईविरुद्ध मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। 

वडा अध्यक्ष राईलाई सल्लेरीको एक होटलमा हातपात भएको किटानी जाहेरीको आधारमा उनलाई सोमबार नै पक्राउ गरि सार्वजानिक मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरिक्षक रेशमबहादुर पराजुलीले जानकारी दिए। 

सेवा ग्राहीको काम गर्ने सिलसिलामा सल्लेरी बजारमा वडा अध्यक्ष राईलाई लेखापढि व्यवसायी समेत रहेकी महिलाले विना कारण एक्कासी हातपात गरेको वडा अध्यक्ष राईको भनाई छ। उनले भने, ‘स्थानीय जनताको जग्गा नामसारीका लागि सिफारिस गर्दा सामान्य त्रुटि भएछ, सेवा ग्राहीको फाईल मगाएर सच्च्याउने क्रममा आफुमाथि एक्कासी हातपात भयो।’ 

गाउँपालिका अध्यक्ष असिम राईले जनप्रनितिधि माथि सार्वजानिक स्थानमा भएको आक्रमणको गम्भिर ध्यानकषर्ण भएको बताए। सेवा ग्राहीले केही प्रतिकृया नदिई लेखापढी व्यवासायीले जनप्रनिधि माथि आक्रमण गर्नु निन्दनीय कार्य भएको भन्दै अध्यक्ष राईले यो विषय सबै जनप्रनिधिका लागि चुनौती भएको बताए।  यता निरकुमारी राईले भने आफूलाई गाली बेइज्यति गरेकाले एक झापड हानेको स्वीकार गरेको प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.