|

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनाको छैटौं शाखाअन्तर्गत अन्तरिक्ष सेना बनाउने घोषणा गरेका छन्।

राष्ट्रिय स्पेस काउन्सिलसँगको बैठक अघि बोल्दै उनले देशको सुरक्षा र अन्तरिक्षमा अमेरिकाको उपस्थिति थप प्रभावकारी र मजबुत बनाउन अन्तरिक्ष सेना जरुरी रहेकोमा जोड दिए। अन्तरिक्ष सेना अलग्गै हुने र यसले देशको सुरक्षामात्र नबढाइ रोजगारी र अर्थव्यवस्थामा पनि सुधार आउने अमेरिकी राष्ट्रपतिको विश्वास छ। उनले अन्तरिक्षका सम्बन्धमा रुस र चीन जस्ता देशलाई अमेरिकाभन्दा अगाडि बढिरहन दिन नसक्ने बताए।

राष्ट्रपति ट्रम्पले अमेरिकाले फेरि चन्द्रमा पुग्ने र मानिसलाई मंगल ग्रहमा पठाउने तयारी गर्ने योजना सुनाए। अमेरिकी सेनाको नयाँ शाखाका लागि अमेरिकी कांग्रेसले कानुन पारित गरेपछि मात्र अमेरिकी राष्ट्रपतिको घोषणाले वैधानिकता पाउने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.