|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली छ दिने चीन भ्रमणका लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्रीको टोली बिहान ९ बजे हिमालय एयरलाइन्सको विमानबाट चीनको राजधानी बेइजिङ उडेका हुन्।

उनको टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्यसहित चार मन्त्री, उच्च ओहदाका कर्मचारी देखि तल्लो तहका कर्मचारी समावेश छन्। यस्तै, कुटनीतिज्ञ, उद्योगी व्यवयासी र पत्रकारहरु रहेका छन्।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिन पिङ, प्रधानमन्त्री ली खछ्याङ, उद्यमी, व्यवसायीहरुसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्रीको चीन भ्रमणमा अटाएका ११६ पात्र

प्रधानमन्त्रीको चीन भ्रमण : पुराना सम्झौता कार्यान्वयनमा जोड, नयाँमा हस्ताक्षर

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.