|

हेटौँडा : नेपाली कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला मंगलबारदेखि हेटौँडामा शुरु हुँदैछ।  

भेला उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने जनाईएको छ। बैठकमा पार्टी विधानमा गर्नुपर्ने संशोधन वा परिमार्जन, संगठन सुदृढिकरण रणनीति, स्थानीय, प्रदेश र संघीय तहमा पार्टीको भूमिका, प्रतिपक्षको रुपमा पार्टीको भुमिका, समसामयिक राजनैतिक अवस्था लगायतका विषयमा समूहगत छलफल गरिने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। छलफलमा यसपटकको निर्वाचनमा पार्टीले हार व्यहोर्नुका कारणसहितका विषयमा छलफल हुने बताईएको छ।

भेलामा ७७ जिल्लाका सभापति, केन्द्रीय कार्यसमितिका गरी ३ सय जनाको सहभागिता रहने जनाईएको छ। भेलाको पहिलो दिन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ। उद्घाटन सत्रमा दुईजनाको सम्बोधनपछि छलफल शुरु हुने प्रवक्ता शर्माले जानकारी दिए। छलफलमा जिल्ला सभापतिहरुले केन्द्रीय कार्यालयले पठाएको सर्कुलरको आधारमा जिल्ला भएको छलफलबारे अवगत गराउने छन्। बुधबार ७ प्रदेशमा विभाजन गरेर समूहगत छलफल हुने छ। असार ७ गते छलफलको निष्कर्षसहित घोषणापत्र जारी गरेर राष्ट्रिय भेला सम्पन्न हुने शर्माले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.