|

खेल:-  ५ :४५

मैदान:- मोर्डोभिया ऐरेना

क्षमता:- ४४ हजार

एसियन सहभागि जापान आज दक्षिण अमेरिकन पावरहाउस कोलम्बlयाविरुद्ध प्रतिष्पर्धा गर्दै छ। समूह एचमा रहेको जापानले यसअघि कोलम्बियासँगको असफलतालाई चिर्ने राम्रो मौका रहेको छ।

जापानले विश्वकप अभियानमानै लगातार दोस्रो पटक कोलम्बीयाको सामाना गर्न लागेको हो । यसअघि गत संस्करणको विश्वकपमा पनि यि दुई टिम एकै समुहमा रहेर प्रतिष्पर्धा भएको थियो। उक्त खेलमा जापान कोलम्बीयासँग ४–१ ले पराजित भएको थियो। कोलम्बीया जारी विश्वकपमा डार्क हर्सका रुपमा परिचित छ। विश्वकप अघिका मैत्रिपुर्ण खेलमा कोलम्बीयालाई इजिप्ट र अस्टे«लियाले बराबरीमा रोकेका थिए। योपटक जापान कोलम्बियाविरुद्ध ब्राजिल विश्वकपको बदला लिने सुरमा हुनेछ।
जापानका प्रशिक्षक अकिरा निसहिनो गत मार्चमा मात्र मात्र जापनाको प्रशिक्षकमा नियुक्त भएकाले टिमलाई सफलता दिलाउनु उनको मुख्य चुनौती छ। विश्वकप अघिको अन्तिम मैत्रिपुर्ण खेलमा पराग्वेलाई ४–२ ले पराजित गरेकाले केहि आत्माविश्वासी देखिएका छन्।

कोलम्बीया भने आफ्नो बलियो छविलाई निरन्तरता दिन चाहान्छ। अघिल्लो विश्वकपमा चोटका कारण विश्वकप गुमाएर राडामेल फाल्काओ जारी विश्वकपमा सुरुवातबाटै मैदानमा हुने छन्। साथमा उनलाई जेम्स राड्रिग्वेजको साथ हुने हुँदा योपटक कोलम्बीया दाबेदारीमा निकै अघि रहेको छ। प्रशिक्षक जोसे पेकरम्यानले कोलम्बीयालाई उपाधि होडसम्म पुर्याउने टिम तयार रहेको जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.