|

काठमाडौं : मलेसियाको क्वालालम्पुरमा तेस्रो नेपाली म्युजिक भिडियो अवार्ड २०१८ सम्पन्न भएको छ। संगीक्षा फिल्‍मस र ब्राइट भेन्चरद्वारा आयोजित अवार्डमा प्रतिस्पर्धामूलक ३० विधामा उत्कृष्टलाई अवार्ड प्रदान गरिएको छ।

कार्यक्रममा आधुनिक, लोक, दोहोरी, पप तथा राष्टिय भावनाले ओतप्रोत गीतको गीतकार, गायक, गायिका, संगीतकार, म्युजिक भिडियो मोडल, छायांकार, निर्देशक, सम्पादकबीच प्रतिस्पर्धामा उत्कृष्ट ३० विधामा अवार्ड प्रदान गरिएको हो।

अवार्ड समारोहमा आधुनिक विधातर्फ सर्वोत्कृट गायिकाको अवार्ड 'ताराबाजी...'बाट जुना प्रसाईंले, गायकको अवार्ड 'तर्की तर्की...'बाट नारायण धितालले पाए। यस्तै गीतकारमा 'मेरो प्राण तिमी नै...'बाट होम न्यौपाने, आधुनिक संगीतकारमा 'पहिलो भेटैमा...'बाट दीपक भट्टराई, म्युजिक भिडियो सम्पादकमा 'तर्की तर्की...'बाटै निशान घिमिरे छायाकार 'तर्की तर्की...'बाट सुदीप बराल, मोडेल पुरुषबाट 'मेरो प्राण तिमी नै...'दृश्य सुवेदी, मोडेल 'महिला छोरी अन्माउँदा...'गीतबाट वर्षा शिवाकोटी र निर्देशकमा 'पूर्णिमाको रात मेरो...'बाट आदित्य बुढाथोकीले यो अवार्ड पाए।

यस्तै राष्ट्रिय भावनाले अभिप्रेरित गीतमा 'जय नेपाल'बाट शिवजी लामिछाने (सिवाज)ले, नवगायन प्रतिभामा 'सेल्फी क्विन'बाट रविना थापाले अवार्ड पाए।

यस्तै पप गीततर्फ गीतकारमा 'सु स्वागतम' गीतबाट नरेश भट्टराई, गायकमा 'सु स्वगतम'बाट अनिल सिंहले, गायिकामा 'डम्फु' गीतबाट मिङस लामाले अवार्ड जितेका छन्। पप गीत भिडियोतर्फ  छायाकारमा 'दिलको भित्तै‍मा'बाट रामेश्वर कार्की, सम्पादकमा 'सेल्फी क्विन'बाट भरत रेग्मी, मोडेलमा 'जानी नजानी माया'बाट आँचल शर्मा, भिडियो निर्देशकमा 'मुखौटा'बाट निकेश खड्का विजेता बनेका छन्।  

लोक गीत वार्ड विजेतातर्फ गायन पुरुषमा 'आधा गाग्री पानी'बाट डिबी लोप्चन, गायन महिलामा 'सरर प्लेनमा'बाट अमृता लुन्गेली मगर, मोडल पुरुष 'सरर प्लेनमा'बाट सञ्‍जीव ठकुरी, मोडल महिला 'सिरसिर बतासैले'बाट सुष्मा अधिकारी, सम्पादक 'बीउ खायो किरैले'बाट मिलन बिक र छायाकारमा 'बीउ खायो किरैले'बाट बासु बराल र निर्देशकमा 'माछी कहाँ छ'बाट मिलन श्रेष्ठ रहेका छन्।

यस्तै, लोक दोहोरी गीततर्फ अवार्ड विजेतामा गायन पुरुषमा 'फूल फूल्यो'बाट प्रकाश कटवाल, गायन महिलामा 'आधा गाग्री'बाट उमा श्रेष्ठ, लयमा 'दुखीको दैलोमा'बाट नमराज ढुंगाना, शब्दमा 'छिनेको कम्मर'बाट लीला श्रेष्ठ, नव प्रतिभा गायनमा 'जवानीको तिर्खा'बाट स्मृति गौतम रहेका छन्।                

कार्यक्रममा दुई पत्रकार सम्मानित भएका छन्। चलचित्र पत्रकारितमा अढाई दशकभन्दा लामो समयदेखि निरन्तर योगदान पुर्‍याएको भन्दै सोही कार्यक्रममा राजधानी दैनिकका पत्रकार डब्बु क्षत्री र फिल्मी खबर सप्ताहिकका सम्पादक शान्तिप्रियलाई पत्रकारिता सम्मान २०१८ बाट सम्मानित गरिएको हो। 

विशेष प्रतिभा सम्मानबाट सोही समारोहमा विभिन्न कलाकरा प्राविधिकसम्मानित भए। कार्यक्रममा गायक, गायिका, गीतकार तथा मोडलहरू गीता देवी, रामहरि न्यौपाने, अर्जुन सुनाम, अमृत खाती, रमिला न्यौपाने, नेत्री डी पन्त, सपना गुरुङ, कुमार कार्की, रवि सिंह, अर्जुन रत्न भिकारी, शीतल शर्मा, राजेन्द्रकुमार कार्की, प्रदीप रोक्का, अशोक धिताल, राजकुमार हुमागाई, कुमार न्यौपाने, शान्ता शिशिर, फडिन्द्र ठकुरी, सविता ढुंगानालाई विशेष प्रतिभा सम्मान प्रदान गरियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.