|

जापान परम्परागत रूपमै खेल्न रुचाउँछ, एक अर्कालाई पास दिँदै। तर प्रशिक्षक वाहिद हलिलहोड्जिक भने काउन्टर एट्याकमा रुचि देखाइरहेका छन्। उनको खेलाउने यही शैलीका कारण दुई स्टार खेलाडी केसुके होन्डा र सिन्जी कागावाले टोलीमा स्थान बनाउन सकेनन्। 

साथै सिन्जी ओकाजाकीलाई समेत टोलीबाट हटाइएको छ। जापानको अहिलेको लक्ष्य अन्तिम १६ सम्म स्थान बनाउनु हो। अनुभवी प्रशिक्षक हलिलहोड्जिक आफ्नो पूरा अनुभव खर्च गर्दै जापानलाई अझै अगाडि बढाउन चाहन्छन्। सन् २०१० मा आइभोरीकोस्ट र २०१४ मा अल्जेरियालाई विश्वकपमा स्थान दिलाएका प्रशिक्षबाट जापानले निकै आशा पनि गरेको छ।

कसरी छनोट : एसियाली समूह बी (तेस्रो चरण) को विजेता। 
खेल्ने शैली : ४–३–३
स्टार खेलाडी : माया योसिदा (साउथहामटन)
पच्छाउनुपर्ने खेलाडी : योसुके इडेगुची (गाम्बा ओशाका)
प्रशिक्षक : वाहिद हलिलहोड्जिक
उपाधिको सम्भावना : २५०–१

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.