|

प्रशिक्षक एडम नवाल्काको टोलीले १० मध्ये ८ खेलमा जित हात पार्दै रुसको यात्रा तय गरेको हो।  जसमा पोल्यान्डका कप्तान रोबर्ट लेवानडोवस्कीले नै कीर्तिमानस् १६ गोल गरेका थिए। १२ वर्षपछि विश्व कपमा फर्किएको पोल्यान्डका लागि ठूला मुलुकहरूसँगको खेल भने सोचे अनुरूप सहज भने हुने छैन। तर कप्तानको प्रदर्शनले खेलमा निकै फरक पार्न भने सक्छ।

यद्यपि, सो टोली ‘वन म्यान टिम’ भने होइन। टोलीका हरेक सदस्य आफ्नो भूमिकामा निपूर्ण छन्। साथै सो टोलीको रक्षापंक्ती अलि चिन्ताको विषय पनि बनेको छ। सो टोलीले छनोट चरणमा १६ गोल व्यहोर्नुले पनि यो कुराको पुष्टि गर्छ।

कसरी छनोट : युरोपेली समूह इ को विजेता । 
खेल्ने शैली : ४–२–३–१
स्टार खेलाडी : रोबर्ट लेवानडोवस्की (बायर्न म्युनिख)
पच्छाउनुपर्ने खेलाडी : पिटर जिलिनस्की (नेपोली)
प्रशिक्षक : एडम नवाल्का
उपाधिको सम्भावना : ४०–१

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.