|

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन मङ्गलबार चीन जाने भएका छन्। किम दुई दिने चीन भ्रमणका लागि मङ्गलबार बेइजिङ जान लागेका हुन्।

ट्रम्पलाई सिंगापुरमा भेटेको केही दिनपछि किम जोङ उन चीन जान लागेको चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले लेखेको छ। मंगलबार उत्तर कोरियाबाट हिँडेका उनी बुधबार मात्रै चीनको राजधानी बेइजिङ पुग्ने बताइएको छ।

नेता किमले यही जुन १२ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता सम्पन्न गरेका थिए। उक्त वार्ताको एक हप्तापछि किम चीन भ्रमणमा निस्कन लागेका हुन्।

उनी मंगलबार नै चीन पुग्ने बताइएको छ जसलाई एक महिनामा किम जोङ उनको तेस्रो चीन भ्रमण हुने बताइएको छ। उन जुन १२ को शिखर वार्ताको केही दिनमात्र अघि पनि चीन भ्रमणमा गएका थिए।

चिनियाँ राष्ट्रपति सी चिनपिङसँग उनले ग्रेट हल अफ पिपुल्समा भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।

साथै उनले राष्ट्रपति र चिनियाँ नेताहरूसँग उत्तर कोरियामाथिको प्रतिबन्ध, शिखर वार्तामा कोरियाली प्रायद्वीपको परमाणु निःशस्त्रीकरणका विषय र त्यसमा आफूले गरेको प्रतिबद्धताका विषयमा छलफल गर्ने अनुमान गरिएको छ।

चीन उत्तर कोरियाको सहयोगी राष्ट्र हो। चीन उत्तर कोरियाको एकमात्र आर्थिक साझेदार राष्ट्र पनि हो। बेइजिङले यसअघि नै अमेरिकालाई उत्तर कोरियाविरुद्धको प्रतिबन्ध खुकुलो पार्न सुझाव दिइसकेको छ।

चीनसँगको निकटताको कारण पनि उत्तर कोरियाली नेताको चीन भ्रमणलाई एक महत्वपूर्ण घटनाका रुपमा लिइएको छ।

सैन्य अभ्यास स्थगित

यसैबीच अमेरिका र दक्षिण कोरियाले अर्को महिना गर्ने भनिएको संयुक्त सैन्य अभ्यास स्थगित गरेको जनाएका छन्।

उनीहरूले उक्त सैन्य अभ्यास स्थगित गरेको पुष्टि पनि गरेका छन्। सिङ्गापुर वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियासँगको सैन्य अभ्यास रोक्ने बाचा उत्तर कोरियाली नेतासँग गरेका थिए।

उत्तर कोरियाले सैन्य अभ्यास आफूविरुद्ध लक्षित भएको बताउँदै आएको छ। उसले उक्त सैन्य अभ्यास सञ्चालन गरेमा दुई कोरिया र उत्तर कोरिया अमेरिकाबीच सम्पन्न शिखर वार्ता र सम्झौताहरूको उल्लङ्घन हुने पनि बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.