|

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० खोपासीमा मंगलबार स्टुकीले टिपरले उछिन्ने क्रममा ठोकिदा स्कुटीमा सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीका अनुसार ढुंखर्कबाट पनौतीतर्फ आइरहेको बा ४ ख ३७७० नम्बरको ट्रिपरलाई सोही दिशाबाट आइरहेको बा ९२ प ४२१६ नम्बरको स्कुटीले ओभरटेक गरी अगाडि बढ्ने क्रममा स्कुटी अनियन्त्रित भई टिपरमा ठोकिएर बेथानचोक गाउँपालिका–४ चलालका वर्ष ४७ को हर्षजीत लामा घाइते भएको र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

टिपरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको मरासिनीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.