अर्थ

वीरगन्ज भन्सारमा ‘बिलअफ एक्सपोर्ट' अनिवार्य
SHARES

बिलअफ एक्सपोर्ट अनिवार्य गराउने बीरगन्ज भन्सार कार्यालय।
असार ५, २०७५

    वीरगन्ज : मुलुकको प्रमुख आयात निर्यात मार्गमा रहेको वीरगन्जभन्सार कार्यालयले मालवस्तु आयात निर्यातमा ‘बिलअफ एक्सपोर्ट’ अनिवार्य गरेको छ। भारतबाट आयात हुने वस्तुको बिल अफ एक्सपोर्ट चारपाँच महिनाबाट लागू भए पनि यो हप्ताबाटअझ अनिर्वाय गरेको छ। 

    बिलअफ एस्सपोर्ट भनेको सीमापारको भन्सारमा दर्ता भएका मालवस्तु तथ्यांक यताको भन्सारमा पनि दुरूस्त गर्नु पर्ने प्रणाली मात्र हो वीरगन्जभन्सार कार्यालयका प्रमुख सेवन्त पोख्रेलले बताए। 'पहिले पनि चेक लिष्टका रुपमा यो आदान प्रदान हुने गर्थ्याे।अहिले अझ दुरुस्त गर्न खोजिएको हो' उनले भने। यसो गर्दा सामानको परिणाम र मूल्यमा फरक नपर्ने भन्सारको ठम्याई छ प्रमुख पोख्रेलको भनाइ छ। 

    नेपालमा आयात बढी हुने भएकोले यसअघि आयातकर्ताले चेक लिस्टका आधारमा जाँचपास गराउँदै आएका भए पनि न्यून बिजकीकरण र गलत घोषणा गर्ने परिपाटीलाई बिल अफ एक्सपोर्टले निरुत्साहित पार्ने भएकोले आयात कर्ताहरु झस्किएको हुने सक्ने वीरगन्ज भन्सारका सूचना अधिकारी सन्तोष यादवले बताए। उताबाट यता मालवस्तु निकासी भएपछि रक्सौल कस्टमले बिल अफ एक्सपोर्ट जारी गर्छ। एक डेढ दिन केही विलम्ब भए पनि यो प्रक्रियाले भन्सारको प्रक्रियालाई भने अझस्तरीय बताउने भन्सार कर्मचारीको भनाइ छ। 

    बिल अफ एक्सपोर्ट जारी गर्न कम्तीमा दुईदिन लाग्ने भएकाले जाँचपास प्रक्रियामा ढिलाई हुने र आयातकर्ताले ‘जाँचपासमा ढिलाई भएसँगै दैनिक लाखौँ रुपैयाँ मालवाहक सवारीको डिटेन्सन चार्ज तिर्नु पर्ने बाध्यता भएको दावी गरे। ‘यो बिल अफ एक्सपोर्टले व्यापार सहजीकरण हुनुपर्नेमा झन पार्किङ शुल्कमा अतिरिक्त भार परेकोले नेपाल पक्ष वा इण्डिया पक्षको दुवै भन्सारले २४ घण्टाभित्रै बिलअफ एक्सपोर्ट क्लियर गरिदिनुपर्छ वीरगन्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष सुवोध गुप्ताले भने।’ 

    भारतीय वस्तु बोकेर वीरगन्ज नाकाका लागि दैनिक करिब ५०० मालवाहक ट्रक आउने गरेकामा भन्सारको विभिन्न नयाँ नियमले व्यवसायीहरूलाई झन् हतोत्साह बनाउन मिल्दैन। एयरपास को सिस्टमबाट मालवस्तु आउने क्रमलाई यत्रो लामो समय अंगिकार गर्ने अनि अतिरिक्तका धेरै बाटो बन्द भएपछि आफ्नो कमजोरी छोप्न बिल अफ एक्सपोर्टको नीति लिने हो भने व्यापारीलाई कुनै आपति छैन। तर एक दिनमा क्लियर हुन सक्नु पर्छ। व्यापारी बैधानिक व्यापार गर्न कति पछि पर्दैनन् उपाध्यक्ष गुप्ताले तर्क गरे। 

    वीरगन्ज भन्सारका कर्मचारीले भने रक्सौल कस्टमले निकासीको समयमा उपलब्ध गराउने चेक लिस्ट नम्बर कस्टमको वेभसाइटमा राखेर वस्तु चेक गर्न सकिन्थ्यो। चेक लिस्ट नम्बर हातले लेखेर केही आयातकर्ताले वीरगन्ज भन्सारमा अनियमितता गरेको आशंकामा वीरगन्ज भन्सारले भने पछिल्लो शैलीलाई अबलम्वन गरेको उनीहरूको तर्क छ।
     

     
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]