भेरी कोरिडोर निर्माणसँगै त्रिदेशीया नाका खुल्ने

|

जाजरकोट :  दुई किलोमिटर सडक निर्माण कार्य पूरा गर्नेबित्तिकै डोल्पाको सदरमुकाम दुनैमा यातायातका साधनहरू पुग्नेछन्।  जाजरकोट–डोल्पा सडक निर्माण कार्य  सुरुवात गर्दा दुई वर्ष जाजरकोट भएर डोल्पा जोड्ने कि रुकुम भूभाग भएर जोड्ने भन्ने रेखांकन विवादले अवरुद्ध हुन गई २०६६ बाट मात्र पुन रेखांकन निर्धारण भई सडक निर्माण कार्य सुरु गरिएको थियो।

भेरी कोरिडोरअन्तर्गत रहेको यस सडक खण्डको १ सय १७.५ किलोमिटर सडकमध्ये १ सय १५.७ किलोमिटर निर्माण कार्य पूरा भएको छ। जाजरकोट-डोल्पा सडक निर्माण कार्य  २०६५ सालबाट भएको थियो।

जाजरकोटदेखि डोल्पाको सदरमुकाम दुनैसम्मको ११७ दशमलव ५ किलोमिटर लम्बाइ रहेको निर्माणाधीन जाजरकोट डोल्पाको सडकमध्ये हालसम्म १ सय १५.७ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भई हलुका सवारीसाधन जिप र ट्रयाक्टर सञ्‍चालनमा आइसकेका छन्।

यातायात सञ्‍चालनमा ल्याइएसँगै वर्षौ व देखिको सडक सञ्‍जालमा जोडिने डोल्पालीको सपना पनि विस्तारै पूरा हुँदै गइरहेको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वार्ड नं ५,६ र १ मा पर्ने सिउडेनी चिप्लेभीरदेखि धाउन्ने चुगाडसम्मको दुई किलोमिटर सडकको ट्रयाक खोल्न कडा चट्टान छिचोल्दै सडक निर्माण कार्यलाई नेपाली सेनाले तीव्रता दिएको छ।

डोल्पालीले यातायात नहुँदा खेप्नु पर्दै आएको समस्यालाई मध्यनजर राख्दै त्रिवेणी करोपगाड हुँदै खदाङको हरियापानीसम्मको सडक खण्डमा जिप ट्रयाक्टर लगायतका हल्का सवारीसाधन र खदङदेखि चिप्ले भीरसम्मको सडक खण्डमा ट्रयाक्टर सञ्‍चालनमा ल्याइएको नेपाली सेनाका जाजरकोट डोल्पा सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले बताए। डोल्पा भूभागमा पर्ने त्रिवेणी करोपगाड हुँदै खदाङसम्मको १५ किलोमिटर सडकमा यातायात सञ्‍चालनमा ल्याइएसँगै नेपालगन्ज डोल्पाको यात्रासमेत छोटिएको  छ।

निर्माणाधीन जाजरकोट–डोल्पा सडकको चिप्लेभीरदेखि धाउन्ने चुगाँडसम्मको बाँकी दुई किलोमिटर चट्टाने भीर खण्डको ट्रयाक खोल्ने कार्य भदौ महिना भित्रमा सम्पन्न गरि असोजको  पहिलो सातामा सडकको फिनिसिंङ्ग कार्य सम्पन्न गरेर ०७५ को दशै र तिहारमा त्रिपुरासुन्दरी नगरपालिका हुँदै सदरमुकाम दुनै सम्मलाई राष्ट्रिय सडक सन्जालमा जोडिने नेपाली सेनाले बताएको छ। जाजरकोट डोल्पा निमार्णधीन सडकलाई राष्टिय गौरवको योजनाको रुपमा रहेको छ। 

भारतको दक्षिण रुपैडिहा जमुना नाका हुँदै उत्तरी चीन  सीमा नाका डोल्पाको धोमोरिम्लासम्मको सडकलाई भेरीकोरिडोर नामाकरण गरेर राष्ट्रिय प्राथमिकतामा राखिएमा त्रिदेशीय पारवहन सेवामा समेत सजिलो हुने भएकाले पनि छिन्चु जाजरकोट–डोल्पा सडक त्रिदेशीय महत्वको सडकको रुपमा रहेको छ।

जडीबुटीको भण्डारको रूपमा रहेको डोल्पामा सडक सञ्‍जालमा जोडिएमा जडीबुटी निर्यातमा सहज भई डोल्पालीहरूको जीवनशैली आर्थिक सम्वृद्धितर्फ लम्किने कर्णाली प्रदेश सभासद वदमीक्वारा बुढाको भनाइ छ। 

प्रशस्त पर्यटकीय सम्भावना बोकेर पनि प्रचारप्रसार र यातायातको अभावमा आझेलमा परेको शे फोक्सुण्डो ताल भारतीय राजदूतको सहयोगमा निर्माण गरिएको त्रिपुरासुन्दरी नगरपालिकामा रहेको श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिर समेत रहेकाले सडक सन्जाल पुगेपछि भारतीय तथा तिब्बतीयन पर्यटकहरू डोल्पामा आगमन हुने विश्वास स्थानीयको छ। पाँचवटा ठूला र पाँच ओटा साना मोटररेवल पुल नबने सम्म डोल्पालीको सडक बनेपनि सहज यात्रा हुन नसक्ने डोल्पाका पत्रकार विष्णुलाल बुढाले बताए।

जाजरकोट सडक खण्डमा मात्र सडक निर्माण भई १२ महिना सडकमा यातायातका साधनहरू सञ्चालनमा आएपनि सडक विभागको जिम्मा अहिले सम्म लगाएको छैन।

चीन र भारतलाई भेरी कोरिडोरले जोड्ने

भारतीयको रोपैडिया जमुनाहदेखि सुरु भएको यो सडक डोल्पाको धो मरिम्ला चीनको सिमाना सम्मा पुग्ने छ। यो सडक त्रिदेशीय रुपमा विकास गर्न सबैभन्दा उत्तम मार्ग पर्दछ। कर्णाली प्रदेशको सवै भन्दा महत्वपूर्ण सडकको रुपमा रहेको यो सडक निर्माण कार्य पूरा भएसँगै यहाँको समृद्धिसँग पनि जोडिनेछ। एक वर्ष भित्र सडक डोल्पाको सदरमुकाम दुनै पुग्ने विश्वास पूर्वशान्तिमन्त्री तथा डोल्पाकी सांसद सत्य पहाडीले विश्वास व्यक्त गरिन्।

अन्य जिल्लामा विकासका लागि छुट्याइने बजेट र डोल्पामा सोही मात्रामा छुटुयाइने बजेट एकै मापदण्डमा भयो भने डोल्पाको विकास हुन नसक्ने उनको तर्क छ। भौगोलिक रुपमा टाढा र सामग्रीको मूल्यभन्दा ढुवानीको मूल्य बढी पर्ने भन्दै उनले डोल्पालाई राज्यले धेरै लगानी गर्नुपर्ने बताइन्। अहिले सिटामोल नपाएर अकालमै ज्यान गुमाउने डोल्पालीको संख्य ठूलो भएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.