विश्वकपमा जापानको ऐतिहासिक जीत

|
जीतपछि जापानी टीम खुसीयाली मनाउँदै

रुस विश्वकप २०१८ को पहिलो खेलमा जापानले चीरपरिचित प्रतिद्वन्द्वी कोलम्बियालाई पराजित गरेको छ। एसियाबाट सहभागी जापानले मंगलबारको पहिलो खेलमा दक्षिण अमेरिकी पावरहाउसको उपमा पाएको कोलम्बियालाई १ विरुद्ध २ गोलले पराजित गरेको हो। 

जापानका लागि सिन्जी कागावाले खेल सुरु भएको छैठौँ मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएका थिए। जसलाई कोलम्बियाका जुवन कुन्टेरोले ३९ औँ मिनेटमा बराबरीमा ल्याए। त्यसपछि पहिलो हाफ बराबरीमा टुंगिएको थियो। 

खेलको ७३ औँ मिनेटमा जापानका यूया ओसाकोले हेडमार्फत सुन्दर गोल गर्दै पुनः अग्रता दिलाए। ओकासोको उक्त गोल नै निर्णायक बन्न पुग्यो। समूह एचको पहिलो खेलमा जापानले कोलम्बियालाई पराजित गरेर विगतका हारको बदला लिएको हो। 

कोलम्बियाका सान्चेजले रातो कार्ड पाएर बाहिरिएपछि १० खेलाडीमा सीमित भएकाले पनि जापानलाई खेल्न सहज बनेको थियो।

जापानले विश्वकपमा दोस्रो पटक स्थान बनाएको हो। जसमा सुरुको खेल लगातार कोलम्बियासँग परेको छ। यसअघि ब्राजिलमा भएको विश्वकपमा जापानले कोलम्बियासँग ४–१ को पराजय बेहोरेको थियो। यसरी विश्वकपमा डार्क हर्सका रुपमा परिचित कोलम्बियालाई पराजित गरेर जापानले एक त विगतको बदला लिएको छ भने अर्को विश्वकप २०१८ मा सुखद् सुरुवात गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.