|

सुर्खेत : कर्णाली सरकारले गत शुक्रवार विनियोजन गरेको आव वर्ष २०७५/७६ को वार्षिक बजेटमाथि मंगलबाट सैद्धान्तिक छलफल सुरु भएको छ। सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गत शुक्रवार २८ अर्बभन्दा बढिको रकम विनियोजन गरेपछि मंगलबार पहिलो पटक बजेटमाथि सैद्धान्तिक छलफल सुरु भएको हो।

गत आइतबार छलफल हुने कार्यसूची भए पनि बजेट संविधानविपरीत आएकाले छलफल हुन नसक्ने भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले बैठक सञ्चालनमा अवरोध गरेको थियो। कार्य व्यवस्था परमर्श समितिको बैठक बसेर सरकार र प्रपितपक्षीबीच सहमती भएसँगै आजबाट बैठक सुचारु भएको हो।

छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बजेट कार्यन्वयन हुन नसके संकट उत्पन्न हुन सक्ने भन्दै महत्त्वकांक्षी बजेट कार्यन्वयन गर्न सरकारका मन्त्री सांसद सबै लाग्नुपर्नेमा जोड दिए।

उनले बजेट उत्पादनमुखी नभई वितरमुखि भएको आरोप लगाउदै स-सना योजनामा पनि टुक्रे विकासे योजना समेटिएकाले बजेट अनुत्पादक क्षेत्रमा विनियोजन भएको आरोप लगाए। शाहीले प्रदेश सरकारले स्थानिय तहलाई दिएको अनुदान बजेट प्रभावकारी नभएको बताए। कुन स्थानीय तहलाई कति दिने कुनै मापदण्ड नबनाएर बजेट बाँडिएको शाहीको आरोप छ ।

सत्तापक्षका सांसद पद्मा खड्काले बजेट उतकृष्ट भए पनि कार्यन्वयनमै आंशका व्यक्त गरिन्। उनले विगतमा नगरपालिका र गाविसले पहुँचका आधारमा फोनकै भरमा २०-२५ हजार रकम पनि बाड्ने गरेको स्मरण गर्दै प्रदेश सरकारले विल्कुल बजेट बाड्न नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराइन्।

बजेटमाथिको छलफलमा भाग लिँदै सांसद विन्दमान बिष्टले बजेटले सुर्खेतका बाढीपीडितको राहत, पुर्नःस्थापनाका लागि बजेट विनियोजन नगरेको भन्दै कडा आपत्ति जनाए। उनले बाढीपीडित रहेको ठाउँ सरकारका मन्त्रीको निर्वाचन क्षेत्रभित्र परेन की किन बाढीपीडितको लागि बजेट छुट्याइएन भन्दै सरकारका मन्त्रीहरूलाई प्रश्न गरे।

यस्तै सांसदहरु ठम्मर विष्ट र कुर्मराज शाहीले पनि बजेट कार्यन्वयनमै चिन्ता व्यक्त गरे। उनीहरूले बजेट महत्त्वकांक्षी  भएपनि यसलाई सफल कार्यन्वयन गर्न नसके सरकार असफल हुने भन्दै बजेट कार्यन्वयन गर्न जस्तो सुकै समस्या र परिस्थितिको सामाना गर्न सरकार तयार हुनुपर्ने बताए।

विगतको जस्तै पहुँचको आधारमा मन्त्रालयको झ्यालबाट योजना माग्ने परिस्थितिको अन्त्य हुनुपर्नेमा उनीहरूको जोड थियो। प्रदेशसभा सचिवालयका अनुसार बजेटमाथि भोलि पनि सैद्धान्तिक छलफल जारी रहने छ। छलफलका भोलि दिउँसो ३ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.