|

तनहुँ : अपांता भएकी महिलालाई बलात्कारका आरोपित वडा सदस्य शक्ति थापाले आत्मसमर्पण गरेका छन्। जबरजस्ती करणी उद्योग मुद्दाका फरार आरोपित तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य थापाले मंगलबार प्रहरी समक्ष समर्पण गरेका हुन्।

सोही ठाउँकी अपांगता भएकी ३९ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा फरार रहेका घिरिङ गाउँपालिका ४ गड्यौलीटारका २३ वर्षीय थापाले प्रहरी समक्ष समर्पण गरेको प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

उनका अनुसार थापा आफैँ प्रहरी समक्ष कानुनी कार्वाहीका लागि निवेदन पेस गर्दै आत्मसमर्पण गरेका हुन्। उनलाई मंगलबारै तनहुँ जिल्ला अदालतमा उपस्थित गराइ ३ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.