|

सुर्खेत : कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७४/०७५ को खर्च विवरण सार्वजनिक गरेको छ। सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/०७५ जेष्ठ सम्मको विवरणमा प्रदेश सचिवालयको खर्च सवैभन्दा बढी देखिएको छ।

प्रदेशसभा सचिवालयले सबै भन्दा बढी खर्च २ करोड २ लाख ५८ हजार ८०० रकम अर्थात ३२.३७ प्रतिशत गरेको छ। त्यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको चालु र पुँजीगत तर्फगरी जम्मा १ करोड ७१ लाख ९ हजार २७१ बजेट र प्रगति प्रतिशतका हिसावले १०.६४ प्रतिशत बजेट खर्च गरेको विवरण सार्वजनिक गरिएको छ। सरकारले सामाजिक विकास मन्त्रालयतर्फ चालु तथा पुँजीगत गरी जम्मा १ करोड १९ लाख १६ हजार ४३ रकम अर्थात १५.२७ प्रतिशत बजेट खर्च गरेको छ।

सरकारले सार्वजनिक गरेको विवरण अनुसार, विभिन्न मन्त्रालय र सरकारी निकायहरूको खर्च तथा प्रगति विवरण अनुसार अघिल्लो वर्षमा विनियोजन गरिएको बजेटको चालुतर्फ ४३ करोड ९३ लाख ३ हजार र पुँजीगत विनियोजनतर्फ ५८ करोड ११ लाख ९७ हजार गरी सो आर्थिक वर्षमा जम्मा १ अर्ब २० करोड ५० लाख विनियोजित गरेको थियो। त्यस्तै गत जेष्ठ सम्मको चालु खर्च ५ करोड ४५ लाख ११ हजार ५७०.४२ त्यस्तै पुँजिगततर्फ २ करोड १२ लाख ४० हजार ७३३ रकम खर्च भएको छ।

कुल बजेटका ७.४१ पतिशत बजेट मात्र खर्च भएको कर्णाली सरकारले जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.