|

संखुवासभा : संखुवासभाको मकालु गाँउपालिका ५ मा निर्माण कार्य भइरहेको राष्ट्रिय गौरवको आयोजना अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइडमा पहिरो खस्दा चार कामदार बेपत्ता भएका थिए। तर त्यसको भोलिपल्ट केही सञ्चार माध्यममा फ्याक्सिन्दा सुरुङमा परी दुई नेपाली र दुई भारतीय नागरिक मृत्यु भएको समाचार प्रकाशन र प्रसारण गरे।

समाचारलार्इ आभार मानेर उनीहरूका आफन्त संखुवासभा आइपग्दा सुरुङमा फसेकाहरूको खोजी कार्य भइरहेको तर मृत्यु नभएको थाहा पाए। पछिल्लो समय संखुवासभामा त्यसकै चर्चा-परिचर्चा चलिरहेको छ।  सुरुङमा फसेका कामदारको  घटनाले  केही  सञ्चार माध्यम  विवादित बनेका छन्। सुरुङमा पुरिएकाहरुको मृत्यु भएको भनेर समाचार लेखिएपछि उनीहरू विवादित बनेका हुन्।

कामदारको मृत्यु नभई सकुशल उद्धार गरिएको समाचार आएलगत्तै उज्यालो नेटवर्कले सार्वजनिक माफी मागेको छ भने अरु सञ्चार माध्यमहरु चुपचाप बसेका छन् । सञ्चार संस्थाहरूसँगै यतिबेला संखुवासभा जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम सारुमगर पनि चर्चाको विषय बन्न पुगेको छन् ।

प्रकाशित समाचारहरूमा कामदारको मृत्यु भएको भनेर डिएसपी सारुमगरलाई  श्रोतमा उल्लेख गरिएको छ। तर डिएसपी सारुमगरले कुनै पनि पत्रकारहरूलाई कामदारको मृत्य भएको भनेर नभनेको दाबी गरेका छन्।  अहिले विभिन्न सञ्चार माध्ययममा आफूले नभनेको कुरा आइरहनु दु:खद रहेको डिएसपी मगरको भनाई छ।

त्यस घटनाको खण्डन गर्दे जिल्ला प्रहरी कार्यालय संखुवासभाले एक विज्ञप्ती निकाल्दै गलत समाचार सम्प्रेषण गरिनु आपत्ती जनक भएको बताइएको छ। सुरुङमा फसेका कामदारको मृत्यु भएको गलत सम्प्रेषणमा ध्यानआर्कषण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ।

सञ्चार माध्ययमहरूको गलत सम्प्रेषणले कालिकोटकी प्रदीप शाहीकी आमा मांली शाही अझै अचेत अवस्थामा भएको प्रदीपले बताए।  घटनाको प्रकृति र वास्तविकता राम्रोसँग नबुझी समाचर लेख्दा गलत खबर बाहिरीएको प्रति उनले दुखेसो गरे। उनले भने 'गलत समाचार सम्प्रेषण गर्ने  सञ्चार माध्यमलाई कानुनी दायरा ल्याउन पर्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.