|

काठमाडौं : यो वर्ष कक्षा ११\१२ को पाठ्यक्रम परिवर्तन नहुने भएको छ। राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद्को सोमबारको बैठकले यो वर्ष नयाँ पाठ्यक्रम लागू नगर्ने निर्णय गरेको समाचार नेपाल समाचारपत्र दैनिकले छापेको छ।

निजी विद्यालय, पाठ्यपुस्तक प्रकाशक तथा वितरकलगायतका निकायले हचुवाको भरमा ल्याएको नयाँ पाठ्यक्रम  लागू हुन नदिने दबाब दिएपछि अन्तिम समयमा यो निर्णय लिइएको हो।‘नयाँ पाठ्यक्रम यो वर्ष केही विद्यालयमा परीक्षण गर्ने र अर्को वर्षदेखि लागू गर्ने निर्णय भएको छ’, परिषद्का आमन्त्रित सदस्य एवं राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.