|
फाइल फाेटाे

काठमाडौं : राष्ट्रिय जनता पार्टीको ६ जना अध्यक्ष सम्मिलित अध्यक्ष मण्डलले विद्यमान अध्यक्ष मण्डलको संरचना हटाउने भएको छ। 

यो निर्णय राजनीतिक समितिको जारी बैठकबाट हुने अपेक्षा गरिएको छ। राजपाको राजनीतिक समितिले पूर्ण आकारको विधानमा अध्यक्षमण्डल नभई अध्यक्षात्मक प्रणालीको मस्यौदा अघि बढाएको खबर कारोबार दैनिकले छापेको छ। 

६ पार्टी एकीकरण हँदा अध्यक्षहरु सम्मिलित अध्यक्ष मण्डलको संरचना खडा गरी अध्यक्षहरु सम्मिलित अध्यक्ष मण्डलको संरचना खडा गरी पार्टीको निर्णय गर्ने विधि तय गरेको थियो। 

यो अध्यक्ष मण्डलको संयोजक महन्थ ठाकुर हुन्। तर निर्णय भने सामूहिक हुने गरेको छ। कहिलेकाहीँ तत्काल गर्नु पर्ने निर्णय लिन संयोजकलाई गाह्रो पर्ने भएको नेताहरुको बुझाइ छ। यसको निर्णय भने आगमी महाधिवेशनमा गरिने छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.