|

विश्वकप फुटबलको आयोजक रसियाले एक खेल अगावै नकआउटचरण प्रवेश गर्दा दक्षिण अफ्रिकापछि आयोजकका रूपमा बाहिरिने टिमको आंकलनलाई गलत सावित गर्दै सनसनीपूर्ण रूपमा अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टिम बन्यो।

१९६६ को सोभियत युनियन हुँदा पछि पहिलो पटक रसिया विश्वकपको अन्तिम १६ मा स्थान बनाउन सफल भयो। उक्त समयमा सोभित युनियन सेमिफाइनलसम्म पुगेको थियो। रसियाले दुई खेलमा अाठ गोल सम्भव बनायो। जुन आयोजक देशले दुई खेलमा गरेको सर्वाधिक गोलको कीर्तिमान बराबरी हो। यसअघि इटलीले १९३४ मा सर्वाधिक बढी गोल गरेको थियो।

रसियाका लागि विश्वकपको पहिलो खेलनै नकआउट चरणका लागि महत्त्वपूर्ण रह्यो । उद्घाटन खेलमा साउदीमाथि ५-० को जित निकालेको थियो। जुन उद्घाटन खेलमा सर्वाधिक फराकिलो जित हो।

रसियाले दुई खेलमा बनाएको आठ गोल स्पेनले २०१० को विश्वकप फुटबल जित्दा कुल खेलमा गरेको गोलसंख्या बराबर हो।

मोहमद सलाह इजिप्टका लागि गोल गर्ने तेस्रो खेलाडी बनेका छन्। उनी अघि अब्देल रहमान फाजिले १९३४ तथा म्याग्दी अब्देल अल घानीले १९९० मा गोल गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.