|

विश्वकपको मुख्य दाबेदार मानिएको ब्राजिलका मुख्य स्ट्राइकर नेइमार घाइते भएका छन्। 

दायाँ खुट्टा भाँचिएका कारण उनी लामो समयपछि ३ जुनमा भएको कोस्टारिकाविरुद्धको विश्वकप अभ्यास खेलमा मैदानमा फर्केका थिए। आइतबार  स्वीट्जरल्यान्डविरुद्धको खेलपछि खुट्टमा असहज महसुस गरेका नेइमारलाई दोस्रो खेलको प्रशिक्षणबाट निकाली उपचारका लागि लगिएको थियो। 

यो पटक पनि उनको दायाँ खुट्टामा समस्या देखिएको हो। नेइमार दुई दिन उपचार गरेपछि मात्रै प्रशिक्षणमा फर्किने छन्।  शुक्रबारकोस्टारिकाविरुद्धको खेलमा उनी फिट हुने्नहुने टुंगो लागेको छैन। उनले सन् २०१४ को विश्वकपमा पनि कोलम्बियाविरुद्धको क्वार्टरफाइनल खेलमा घाइते भई बाँकी खेल खेल्न सकेका थिएनन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.