इंग्ल्यान्डका खेलाडीले रसियाको चिसो तथा चोटबाट बच्न अनेक प्रयास गरिरहेका छन्। पहिलो खेलमा जित निकालेपछि खेलाडीलाई थप फिट गर्न तथा उनीहरूलाई चिसोबाट जोगाउन इंग्लिस टोलीले फरक रणनीति तय गरेको छ।
खेलाडीहरूले प्रशिक्षणको समयमा शरीरको तापक्रम एकनास बनाइराख्न हट ट्राउजर प्रयोग इंग्ल्यान्डले अनिवार्य गरेको छ। विशेष प्रविधिले बनेको ट्राउजरले शरीरको मसल्स र हडडीको तापक्रम एकनाश बनाइ राख्छ। अभ्यासको समयमा दौडिरहँदा शरीरको तापक्रम बढने तथा सामान्य टयाकल वा लड्दा पनि चोट बाक्ने सम्भावना हुने सम्भावनलाई रोक्न उक्त उपाय लगाइएको हो।
उक्त ट्राउजरको सहयोगमा अभ्यास गर्दा लड्दा पनि केही नहुने चिकित्सकहरूको विश्वास छ। प्रशिक्षक गेराथ साउथगेटले रसियाको वातावरणअनुसारै ट्राउजर बनाइएकाले खेलाडीले सहज महसुस गरेको बताए। सोमबार इंग्ल्यान्डले विश्वकपमा आफनो पहिलो खेल टयुनेसियालाई २-१ ले पराजित गर्दे प्रतियोगितामा सुखद सुरुवात गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।