|

काठमाडौं :  सिनामंगलमा गएराति टाटा सुमोले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। दोलखा घर भई सिनामंगल बस्दै आएकी ४७ वर्षीया गोमा भुजेलको मृत्यु भएको हो।

पैदलयात्राका क्रममा सिनामंगलस्थित प्रहरी चौकी नजिकै उनलाई ना १ ज ४२५० नं को टाटा सुमोले राति करीब १० बजे ठक्कर दिएको थियो। गम्भीर घाइते भुजेललाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा संलग्न सवारीसाधन र चालक सानेपा चौकीस्थित प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.