समाज : सुरक्षा/अपराध

नेपाली सेनाद्वारा बम निष्कृय
SHARES

असार ६, २०७५

    धनकुटा  : धनकुटाको पाख्रीवासस्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरेर राखिएको ग्रिनेट बम बुधबार नेपाली सेनाले निष्कृय पारेको छ। पाख्रीवास नगरपालिका–४ मा रहेको कम्पनीको कार्यालय नजिक गएराति रेडवुलको बट्टामा राखिएको अवस्थामा बम फेला परेको थियो।

    प्रहरीले सुरक्षा सर्तकता बढाएर सो क्षेत्रलाई नियन्त्रणमा राखी बम निष्कृय पारिएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार रेडबुलको बट्टामा ग्रिनेट बमको टुक्रा फेला परेको थियो।

    बम विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राखेको हुनसक्ने प्रहरीको आशंका छ। पाख्रीवास–लेगुवा सडक निर्माणका क्रममा कञ्चनजंघा कन्ट्रक्सन कम्पनीले लापरबाही गरेको भन्दै नेकपाले कारवाहीको चेतावनी दिएको थियो।

    लापरवाही गर्ने निर्माण कम्पनीलाई कारवाहीका लागि नेकपाले प्रशासनलाई विज्ञप्तीमार्फत अल्टिमेटम दिँदै कारवाही नगरे आफैँ कारवाही गर्ने जनाएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]