|

काठमाडौं : बलिउड अभिनेत्री जुही चावला काठमाडौं आएकी छन्। चावलाले काठमाडौं बौद्ध स्तूपालाई पृष्ठभूमिमा पारेर लिएको सेल्फी सामाजिक सञ्जालमा राखेकी छन्। बिहीबार दिउँसो उनले उक्त फोटो अपलोड गरेकी हुन्। 

उनले उक्त फोटोमा बैद्धनाथ स्तूपाको प्रशंसा गरेकी छन्। उनले बौद्धनाथ स्तूपा सुन्दर रहेको लेखेकी छन्। त्यहाँ पुग्दा आफू मन्त्रमुग्ध भएकी उनको फेसबुक पोष्टमा उल्लेख छ।  

सन् १९८६ मा 'सुल्तानत' फिल्मबाट बलिउड प्रवेश गरेकी जुहीले दर्जनौं फिल्ममा मुख्य अभिनेत्रीको भूमिका खेलेकी छन्। उनी बलिउडमा नाम चलेकी कलाकार हुन्। उनको पछिल्लो फिल्म 'गुलाब ग्याङ' अन्तर्राष्ट्रिय रुपमा प्रशंसा पाएको थियो। उनी अभिनयका अलवा सामाजिक कार्यमा पनि संलग्न छिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.