|

भारतीय पत्रकार गौरी लंकेशको हत्या अनुसन्धान गरिरहेको एक विशेष जाँच दलले हिन्दु अतिवादीहरूबाट केही लेखक र पत्रकार तथा आलोचक रहेको उल्लेख गरेको छ। उक्त कार्यदलले हिन्दु अतिवादीहरूको आलोचना गर्ने छ जनाभन्दा लेखक, पत्रकार, एक पादरी र अन्य आलोचकहरूको घरमा सुरक्षा व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

विशेष जाँच दलले यी व्यक्तिहरूको घरमा सीसीटिभी क्यामरा र चारजना हतियारधारी सुरक्षाकर्मी तैनाथ गर्न निर्देशन दिएको छ।

उक्त दलले लंकेशको हत्यामा संलग्न अमोल कालेलाई पक्राउ गरेको थियो। उनको साथबाट 'हिट लिस्ट' बरामद भएको थियो जसमा हिन्दु अतिवादीहरूको आलोचना गर्ने व्यक्तिहरूको नाम लेखिएको थियो। जसको दोस्रो नम्बरमा लंकेशको नाम थियो।

उक्त जाँच दलले पुणेका अमोल काले, गोवाका अमित दगवेकर कर्नाटकका मनोहर इदेव र परशुराम वाघमोरेलाई पक्राउ गरेको छ। वाघमोरेले लंकेशमाथि गोली प्रहार गरेको बताइएको छ।

पक्राउ परेका सबै हिन्दु सनातन संस्था जनजागृति समितिका सदस्य रहेका बताइएको छ। वाघमोरेले साम्प्रदायिक दंगा फैलाउन यसअघि कर्नाटकको विजयपुरामा पाकिस्तानको झन्डा फहराएको आरोपमा पनि पक्राउ परेका थिए। उक्त मुद्दा अहिले पनि अदालतमा चलिरहेको छ।

भारतमा हिन्दु अतिवादीहरूको आलोचना गर्नेहरूमाथि लगातार आक्रमण र हत्या भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.