|

गोरखा : पूर्वयुवराज पारस शाहले गोरखा दरबार र गोरखनाथ मन्दिरमा पूजाअर्चना गरेका छन्। मंगलबार गोरखा आएका पारसले बुधबार बिहान साढे नौ बजेदेखि साढे १० बजेसम्म एक घण्टा भूकम्पले ध्वस्त दरबारमा विशेष पूजाआजा गरेका हुन्। गोरखकाली मन्दिर शाह वंशीयहरुको कुलदेवताको मन्दिरसमेत हो।

‘गोरखकालीको पूजा र गोरखनाथ बाबाको आशीर्वाद लिन उहाँ गोरखा आउनुभएको हो’, पारसका निकट विक्रम सिंहले भने।

गणतन्त्र घोषणापछि पहिलो पटक गोरखा आएका पारसले गोरखा दरबारको अवलोकन तथा पूजाआजा गरेपछि गोरखा संग्राहलय अवलोकन गरे। आधाघण्टा समय संग्राहलयमा बिताएका पारसले शाह वंशीय राजाहरुको इतिहास र पुराना हातहतियारबारे चासो राखेका थिए।

उनले सबैभन्दा धेरै हातहतियारबारे चासो राखेर हेरचाह अड्डाका कर्मचारीहरुलाई सोधपुछ गरेका थिए।  उनलाई कमल थापा र पशुपतिशमशेर जवरा नेतृत्वको राप्रपाका कार्यकर्ताहरु र राजावादीहरुले लक्ष्मीबजारदेखि मोटरसाइकल र्‍यालीसँगै गोरखा दरबार पुर्‍याएका थिए। दरबारमा बाजागाजाका साथ उनलाई स्वागत गरिएको थियो। पारस आफैँले भने भ्रमण र पूजाआजा बारे केही बोलेनन्। शाह बुधबार नै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.