गोरखा : गणतन्त्र घोषणापछि पूर्वयुवराज पारस शाह पहिलोपटक गोरखा आएका छन्। मंगलबार गोरखा आएका शाहले बुधबार बिहान साढे नौ बजेदेखि साढे १० बजेसम्म एक घण्टा भूकम्पले ध्वस्त गोरखा दरबारमा विशेष पूजाआजा गरेका छन्।
शाहले गोरखा दरबारको अवलोकन तथा पूजाआजा गरेपछि गोरखा संग्राहलय अवलोकन गरे। आधाघण्टा समय संग्राहलयमा बिताएका पारसले शाह वंशीय राजाहरूको इतिहास र पुराना हातहतियारबारे चासो राखेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।