|

भक्तपुर : भक्तपुरका कृषक यतिबेला माना रोपेर मुरी फलाउनेतिर व्यस्त हुन थालेका छन्। असारको पहिलो सातासम्म लगातार वर्षा नभएपछि कृषकले नजिकका खोलानाला, खोल्सा र पोखरीको पानी पम्पसेटमार्फत् सिँचाइ गरी रोपाईं गर्न थालेका हुन्। रोपाइँ गर्न ढिला हुँदा धानको बीउ सुक्ने भएकोले पम्पसेटको प्रयोग गरी रोपाइँ गर्नुपरेको हो।

जिल्लाको दुई मुख्य खोला मनोहरा र हनुमन्तेका साथै खस्याङखुसुङ खोला किनारको फाँटमा पम्पसेटमार्फत् सिँचाइ गरी रोपाइँ गर्न सहज भए पनि सिरुटार, दधिकोट, गुण्डु, सिपाडोल, ताथली, सुडाल, नंखेललगायत स्थानमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता रहेको छ। जिल्लामा करिब ४ हजार २५२ हेक्टरमा धानखेती गरिने कृषि कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.