|

ओखलढुंगा : ओखलढुंगाको सुनकोसी गाउँपालिकामा-१० मा एउटा शव फेला परेको छ। कटुञ्जेको संसारी डाँडामा स्थानीय बालकृष्ण विकको शव अवस्थामा भेटिएको हो।

शव पहिचान भए पनि मृत्युको कारण खुल्न नसकेको स्थानीयले बताएका छन्। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक निञ्जन भटराईले बताए। स्थलगत मुचुलकापछि शव पोष्टमार्टमका लागि रुम्जाटार अस्पताल पठाइने र अनुसन्धान निरन्‍तर अघि बढाइने प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.