|

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाटमा तीनवटा सवारी एकआपसमा ठक्कर खाँदा पाँचजना घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिका-४ को दिब्यनगर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका लु५ख २४५६ नम्बरको टिपर, लु२त ७१०२ नम्बरको कार र लु२ख १००८ नम्बरको ट्रक एकआपसमा ठोकिएका हुन्।

दुर्घटनामा परी कारमा सवार पाँचजना घाइते भएका छन्। घाइते हुनेमा चालक रुपन्देही जिल्ला सैनामैना नगरपालिका ७ का २७ वर्षीय विनोद यादव, रुपन्देही सिद्धार्थनगर नगरपालिका भैरहवा १० का २३ वर्षीय अजय यादव, सिदार्थनगर नगरपालिका भैरहवा ६ का २३ वर्षीय रवी गुप्ता, सिदार्थनगर नगरपालिका भैरहवा १२ का २० वर्षीय गुर्मीक कौर र सिदार्थनगर नगरपालिकाकै १९ वर्षीय सिर्जना राजभर रहेको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ।

दुर्घटनामा परी घाइते भएकाहरुको बर्दघाटस्थित संजिवनी हेल्थ होममा उपचार भइरहेको र सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। टिपर चालक भने फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले बताएको छ। तीब्र गति र एक सवारीदेखि अर्को सवारीबीचको दूरी ख्याल नगरेका कारण दुर्घटना भएको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.