|

काठमाडौं : वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएपछि उनीद्वारा स्थापित बाँसबारीस्थित न्यूरो अस्पतालको नाम परिवर्तन गरिएको छ।

डा देवकोटाका भतिज वसन्त देवकोटाका अनुसार ‘नेसनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइट साइन्स’ परिवर्तन गरेर ‘उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइट साइन्स’ नामकरण गरिएको छ। उनले भने, 'कम्पनी रजिस्ट्रारको कार्यालयले दर्ता प्रमाणपत्र दिइसकेको छ। बाँकी प्रक्रिया पनि छिटै थालिने छ।'

एसियामै स्नायुरोग विशेषज्ञका रूपमा ख्याति प्राप्त डा देवकोटाको गत सोमबार बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको थियो। डा देवकोटा छ महिनादेखि पित्तनलीको क्यान्सरबाट पीडित थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.