|

लुइस सुवारेजको एक गोलको मद्दतमा उरुग्वे विश्वकप २०१८ को नकआउट चरणमा प्रवेश गरेको छ। उरुग्वे र साउदी अरेबियाबीच भएको खेल सकिने बितिक्कै समूह ए बाट नकआउट चरण प्रवेश गर्ने दुवै टीमको टुंगो लागेको छ। उक्त समूहबाट आयोजक रुस र उरुग्वे नकआउट चरण प्रवेश गरेका हुन्।

गत राति भएको खेलमा रुसले इजिप्टलाई पराजित गरेको भएपनि उसको नकआउट चरण प्रवेश गर्ने निर्धारण बुधबारको उरुग्वे र साउदी अरेबियाबीचको खेलमा भर परेको थियो।

बुधबार भएको दोस्रो खेलमा उरुग्वेका लुइस सुवारेजले २३ औँ मिनेटमा गोल गरे। साउदी अरबको तर्फबाट भने एक गोल पनि भएन। साउदी अरेबियाले यो विश्वकपमा अहिलेसम्म दुई खेल खेलेको छ र एक गोल पनि गर्न सकेको छैन। उसले पहिलो खेलमा आयोजक रुसबाट पाँच गोल खाएको थियो।

लुइस सुवारेजले कार्लोस सान्चेजले दिएको कर्नरमा गोल गरेका थिए। उरुग्वेका लागि सुवारेजको १००औँ खेलमा ५२ औँ गोल हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.