|
गोल गरेपछि खुसीयाली मनाउँदै स्पेनका डिएगो कोस्टा

विश्वकप २०१८ मा स्पेनले पहिलो जीत हासिल गरेको छ। स्पेनले बुधबारको तेस्रो खेलमा इरानलाई संघर्षपूर्ण खेलमा पराजित गरेको हो। स्पेनले १-० को नतिजासहित इरानलाई पराजित गरेको हो। 

स्पेनलाई जीत दिलाउन  डिएगो कोस्टाले ५४औँ मिनेटमा गोल गरेका थिए। उनको यो गोल नै खेलको निर्णायक गोल बन्यो। उनी खेलको म्यान अफ द म्याच बनेका थिए।

यो जीतसँगै स्पेनले नकआउट चरणको सम्भावना कायमै राखेको छ। स्पेनले विश्वकप २०१८ को पहिलो खेलमा पोर्चुगलसँग ३-३ को बराबरी खेलेको थियो। इरानले भने पहिलो खेलमा मोरक्कोलाई पराजित गरेको थियो।

स्पेन जीतसँगै समूह बी को शीर्ष स्थानमा उक्लिएको छ। समान अंक भएको पोर्चुगल भने दोस्रो नम्बरमा रहेको छ। एक खेल जितेको इरान तेस्रो नम्बरमा रहेको छ भने दुवै खेल गुमाएको मोरक्को अंकबिहीन रहँदै समूहको पुछारमा रहेको छ।

स्पेनले समूहको अन्तिम खेल असार ११ गते मोरक्कोसँग खेल्नेछ भने पोर्चुगलले सोही दिन इरानसँग खेल्ने खेलतालिका रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.