|
फाइल फोटो

काठमाडौं : पाँच महिनामा साढे चार लाख पर्यटक नेपाल भ्रमणमा आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार अंग्रेजी वर्षको पहिलो पाँच महिना (मे २०१८)सम्म चार लाख ५४ हजार ८५५ पर्यटकले नेपाल भ्रण गरेका छन्।

यो संख्या सन् २०१७ को पहिलो पाँच महिनाको तुलनामा १२ दशमलब पाँच प्रतिशत बढी भएको नयाँ पत्रिका दैनिकमा सामाचार छ। गत वर्ष यस अवधिमा चार लाख चार हजार ३४८ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए।

पर्यटन बोर्डका अनुसार भ्रमणमा आउने पर्यटकमध्ये भारतीय पर्यटकको संख्या बढी रहेको छ। दोस्रोमा चिनियाँ पर्यटक रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.