|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  आप्रवासीका परिवारलाई एकैसाथ राख्ने सम्बन्धि कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। 

राष्ट्रपति ट्रम्पले यसअघिको आफ्नै निर्णयलाई उल्ट्याउँदै कागजपत्रविहिन आप्रवासी परिवारलाई एकसाथ राख्ने आदेशमा हस्ताक्षर गरेका हुन्। तर गैरकानुनीरुपमा अमेरिकी सीमा पार गर्नेहरुविरुद्ध भने ट्रम्पको शुन्य सहनशीलताको नीति अझै यथावत रहको छ। 

आप्रवासीका परिवारलाई एकसाथ राख्नुपर्ने भावनालाई राम्रोसँग बुझेको उल्लेख गर्दै राष्ट्रपति ट्रम्पले भने ‘मुटु हुने जोसुकैले पनि यो भावनालाई बुझ्न सक्छ, म र मेरो परिवारका सदस्यले समेत यो कुरालाई राम्रोसँग बुझेका छौँ, हामी परिवार अलग भएको हेर्न पनि चाहँदैनौँ।’  

सीमाक्षेत्रबाट प्रवेश गर्ने कागजपत्रविहिन आप्रवासीलाई परिवारबाट छुट्याएको र बालबालिकालाई बुबा–आमाबाट छुट्याएर अलग राखिएको भिडियो, तस्वीर र समाचारहरु  सार्वजनिक भएपछि अमेरिका लगायत अन्तर्राष्ट्रिय स्तरबाट ट्रम्प प्रशासनको चर्को आलोचना भएको थियो। सीमाक्षेत्रमा झण्डै २३ सय बालबालिकालाई उनीहरुका बाबुआमाबाट छुट्याएर राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.