खेलकुद : विश्वकप फुटबल २०१८

फिफाले दियो मेक्सिकोलाई चेतावनी
SHARES

असार ७, २०७५

    मेक्सिकोले विश्वकपमा दमदार सुरुवात गर्यो। ऐतिहासिक जित निकाल्दै साविक विश्व विजेता जर्मनीलाई विश्वकपको डिलमा पुर्याउन सफल भयो। जर्मनीमाथि १–० को जित निकाल्दा मेक्सिकन समर्थकहरु खुसीले रंगशालामा नाचे र झुमे पनि । तर उनीहरुले जर्मनी समर्थक र खेलाडीप्रतिको व्यवहारप्रति फिफा आक्रामक बनेको छ।

    मेक्सिकन समर्थकहरुले ठूलो स्वरमा जर्मन गोलरक्षक मानुएल नुएरमाथि गाली वर्षा नै गरे।  मेक्सिन समर्थक सिमा भन्दा बाहिर रहेर रंगशालामा होहल्ला र खेलाडीमाथि अपशब्द प्रयोग गरेको भन्दै फिफाले अबका खेलमा पनि त्यस्तो क्रियाकलाप दोहोर्‍याए जरिवाना गर्ने चेतावनी दिएको छ।

    फिफाले मेक्सिको फुटबल संघलाई समर्थकको गतिविधि रोक्न निर्देशन दिएको हो। निर्देशन नमाने मेक्सीको समर्थकलाई मैदान प्रवेशमा नै रोक लगाउन सक्ने तथा संघलाई पनि कारबाहीको दायरामा ल्याउने चेतावनी फिफाले दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]